विशेष एमाले उपाध्यक्ष गौतम ‘डेन्जर जोन’ मा, कांग्रेसका गौतमले उछिने
Ujyaalo

भावुक योगी/उज्यालो ।

बर्दिया, मंसिर २३ –बर्दियाको क्षेत्र नम्बर १ मा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई खतराको घन्टी बजेको छ ।

मतगणना सुरु भएदेखि शनिवार दिउँसोसम्म कांग्रेसका सञ्जय गौतमसँगको दूरी टाढै राखेका बामदेव गौतम शनिवार बेलुकादेखि भने ढुक्क हुने अवस्थामा हुनुहुन्न । पछिल्लो पटक गनिएका धेरैजसो मत कांग्रेसका गौतमको पोल्टामा परेपछि बामदेव खतरामा पर्नुभएको हो ।

पछिल्लो मतपरिणाम अनुसार बर्दियाको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका सञ्जयकुमार गौतम १ सय ७७ मतअन्तरले एमालेका बामदेव गौतमलाई पछि पार्दै अग्रता लिनु भएको छ । मतगणना सुरु भएदेखि पहिलो पटक उहाँले अग्रता लिनु भएको हो ।

मतगणना सुरु भएदेखि बर्दिया क्षेत्र नम्बर १ मा वामगठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका बामदेव गौतमले ९ सय देखि २ हजार ४ सय अग्रता लिनु भएको थियो । मतान्तर घटदै गएर ५ सय ७६ मतले पछी रहेका बेला शनिवार राति साढे ११ बजे एक्कासी मतान्तर बढेको हो ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारी देबराज भारतीका अनुसार सिँचाई मन्त्रि समेत रहनुभएका सञ्जयकुमार गौतमले २८ हजार ९ सय २१ मत सहित अग्रता लिनु भएको छ ।

उहाँका प्रतिस्पर्धी एमाले उपाध्यक्ष बामदेव गौतम २८ हजार ७ सय ४४ मत सहित पछ्याइ रहनुभएको छ । सञ्जय गौतम, बामदेव गौतम भन्दा १ सय ७७ मतले अघि हुनुहन्छ ।

 

Share It

Post Comments
थप विशेष