विशेष धनुषा क्षेत्र नम्बर २ क मा फोरमका शैलेन्द्रकुमार यादव विजय
Ujyaalo

धनुषा, मंसिर २३ – प्रदेशसभा चुनाव अन्तर्गत धनुषाको क्षेत्र नम्बर २ क मा संघीय समाजवादी फोरम नेपालका शैलेन्द्रकुमार यादव विजयी हुनुभएको छ ।

५३ हजार ७ सय ४० मतदाता रहेको यो क्षेत्रमा ३२ हजार ७ सय ७१ मत खसेको थियो । जसमध्ये यादवले १६ हजार ५ सय २१ मत पाउनुभएको छ ।

उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका नवलकिशोर साहले ९ हजार ७४ मत ल्याउनुभयो भने नेपाली कांग्रेसका राजेश्वर गोइतले ७ हजार २ सय ७५ मत पाउनुभयो ।

 

Share It

Post Comments
थप विशेष