विशेष झापा १ मा विश्वप्रकाश संकटमा, तोडिएन सुरेन्द्रको अग्रता
Ujyaalo

झापा, मंसिर २३– झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीको सुरुदेखिकै अग्रता कायम छ । पछिल्लो मत परिणाम अनुसार शर्मा कार्कीभन्दा १ हजार १ सय ६१ मतले पछाडि हुनुहुन्छ । सुरेन्द्रको २१ हजार ६ सय ८४ मत छ । विश्वप्रकाशको २० हजार ५ सय २३ मत रहेको छ ।

दुबै उम्मेदवार यसअघिका चुनावमा पराजित भएकाले यसपटकको प्रतिस्पर्धालाई चासोको साथ हेरिएको छ । राम कार्की यसअघि दुई पटक पराजित भैसक्नु भएको छ भने, विश्वप्रकाश शर्मा एक पटक पराजित हुनु भएको छ । शर्मा २०७० सालको संविधानसभा चुनावमा झापा १ बाटै नेकपा एमालेका रविन कोइरालासँग पराजित हुनु भएको थियो ।

सिन्धुलीमा २०४८ सालको चुनावमा पराजित भएका कार्की २०६४ सालको चुनावमा ताप्लेजुङबाट उम्मेदवार बन्नु भएको थियो । तर उहाँ दोश्रो पटक पराजित हुनुभएको थियो । २०७० सालको चुनावमा सुरेन्द्र समानुपातिकतर्फबाट सभासद बन्नुभयो ।

झापाका सबै क्षेत्रको मत थाहा पाउन यहाँ क्लिक गर्नुहोस्

Share It

Post Comments
थप विशेष