विशेष ३७ सालमा राजकाजको मुद्धामा जेल परेका पौडेल ४५ दिनपछि जेल विद्रोह गरेका थिए
Ujyaalo

रुपन्देही, मंसिर २४ –रुपन्देहीको क्षेत्र नम्बर २ मा एमालेका उपमहासचिव विष्णु पौडेल विजयी हुनुभएको छ । उहाँले ४४००३ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसका युवराज गिरीले २१९३७ मत प्राप्त गरेका छन् । पौडेलले गिरीलाई झण्डै २३ हजार मतान्तरले हराउनुभएको हो ।

नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको जन्म २०१६ साल मंसिर १५ गते पुतलीबजार, स्याङ्जामा भएको हो । देविलाल र रेवती पौडेलका छोरा विष्णुप्रसाद पौडेलले माध्यमिक तहसम्म पढ्नु भएको छ । पौडेल २०३३ सालदेखि राजनीतिमा सक्रिय हुनुभएको हो ।

पौडेल २०६४ सालको संविधानसा चुनावमा पनि रुपन्देही क्षेत्र नम्बर ४ बाटै विजयी हुनुभएको थियो । पौडेल गणतन्त्र नेपालको पहिलो संयुक्त सरकारको जलश्रोत मन्त्री हुनु भयो । २०३७ सालमा ३ वर्ष राजकाजको मुद्धा खेपेका पौडेल ३ हजार रुपैयाँ जरिवानासहित भैरहवा जेल चलान भएपछि ४५ दिनको परिश्रमपछि जेल विद्रोह गर्नुभएको थियो ।

२०५१ सालमा प्रतिनिधिसभा सदस्य समेत भइसकेका पौडेल २०५३ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्री हुनु भएको थियो ।

Share It

Post Comments
थप विशेष