विशेष मुख्यमन्त्रीको दावी गर्दै आएका केशव स्थापितलाई अग्रता
Ujyaalo

काठमाडौं, मंसिर २३ –प्रदेश नं. ३ को मुख्यमन्त्रीमा दावी गर्नेमध्येका एक एमाले नेता केशव स्थापितले अग्रता लिनुभएको छ । काठमाडौं क्षेत्र नं. ६ को क बाट उम्मेदवारी दिएका स्थापितले ८ हजार २२ मत ल्याउनुभएको छ । कांग्रेसका न्युछेनारायण मानन्धरको ५ हजार १ सय ४९ मत छ ।

प्रदेशसभामा उम्मेदवारी दिएलगत्तै स्थापितले आफूलाई मुख्यमन्त्रीको रुपमा दावी गर्नुभएको थियो । ३ नम्बर प्रदेशमा मुख्यमन्त्रीको दावी गर्दै आएका एमालेकै राजेन्द्रप्रसाद पाण्डे र अष्टलक्ष्मी शाक्य भने विजयी भैसकेका छन् । स्थापित पनि विजयी भएमा मुख्य मन्त्रीको उम्मेदवार कसलाई बनाउने भन्नेमा एमाले नेतृत्वलाई सकस हुनेछ ।

 

Share It

Post Comments
थप विशेष