विशेष सुनसरी ३ मा कांग्रेसका गच्छदार पछाडि, ४ मा ज्ञानेन्द्र अगाडि
Ujyaalo

सुनसरी, मंसिर २४– सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार एमाले दुई र नेपाली कांग्रेसका उम्मेदवार दुई क्षेत्रमा अगाडि छन् ।

सुनसरी क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक कुमार राई दोब्बर मतले पछि पर्नु भएको छ । एमालेका उम्मेदवार जयकुमार राईले १७ हजार ३ सय ३० मत पाउँदा अशोक राईले ८ हजार ४ सय ४६ मत पाउनु भएको छ ।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सिताराम मेहता अगाडि हुनुहुन्छ । उहाँले १२ हजार ८ सय ६२ मत पाउँदा माओवादीका डम्बर सुवेदीले ११ हजार ६ मत पाउनु भएको छ । क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार पछि पर्नु भएको छ । यस अघि २०७० सालको चुनावमा फोरम लोकतान्त्रिकबाट विजयी भएका गच्छदार यसपटक कांग्रेससँग एकिकरण गर्दा समेत पछि गर्नु भएको हो ।

गच्छदारको मत ९ हजार ४ सय २१ छ भने एमालेकी भगवती चौधरीको ११ हजार ८ सय ७१ मत छ ।

यसपटकको चुनावमा नयाँ क्षेत्रबाट उम्मेदवार बनेका ज्ञानेन्द्रबहादुर कार्की भने अगाडी हुनुहुन्छ । अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता कार्की पहिलो पटक सुनसरी क्षेत्रनम्बर ४ बाट उम्मेदवार बन्नु भएको हो । यसअघिको चुनावमा उहाँ समानुपातिकतर्फबाट सांसद बन्नु भएको थियो ।

कार्कीले १३ हजार २ सय ३८ मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धि एमालेका रमेश श्रेष्ठको १० हजार २ सय १० मत छ ।

यहाँ हेर्नुहोस् मतपरिणाम

 

Share It

Post Comments
थप विशेष