विशेष प्रदेश नम्बर ६ : कुन जिल्लामा को विजयी ?
Ujyaalo

काठमाडौं, मंसिर २४ – प्रदेश नम्बर ६ का १० जिल्ला मध्ये अहिलेसम्म ८ जिल्लामा प्रत्यक्ष तर्फको अन्तिम परिणाम आएको छ । सल्यान र सुर्खेतबाहेक अरु जिल्लाको परिणाम आएको हो ।

अहिलेसम्म प्रतिनिधिसभाका ९ तथा प्रदेशसभाका १८ क्षेत्रको अन्तिम परिणाम आएको हो । अब प्रतिनिधिसभा तर्फ सल्यानको एक तथा सुर्खेतका दुई क्षेत्रको मत परिणाम आउन बाँकी छ ।

अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार यो प्रदेशमा प्रतिनिधिसभामा एमाले र माओवादीले चार चार तथा एक सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यस्तै प्रदेशसभामा एमालेले १०, माओवादीले ७ तथा कांग्रेसले एक सिट जितेको छ ।

प्रतिनिधिसभा

दैलेख

१) रविन्द्र राज शर्मा (एमाले)
२) राजबहादुर बुढाक्षेत्री (एमाले)

डोल्पा

१) धनबहादुर बुढा (एमाले)

हुम्ला

१) छक्कबहादुर लामा (स्वतन्त्र)

जाजरकोट

१) शक्तिबहादुर बस्नेत (माओवादी केन्द्र)

जुम्ला

१) गजेन्द्रबहादुर महत (माओवादी केन्द्र)

कालिकोट

१) दुर्गबहादुर रावत (माओवादी केन्द्र)

मुगु

१) गोपालबहादुर बम (एमाले)

रुकुम पश्चिम

१) जनार्टन शर्मा (माओवादी केन्द्र)

प्रदेशसभा

दैलेख

१, क) धर्मराज रेग्मी (माओवादी केन्द्र)
१, ख) अम्मरबहादुर थापा (एमाले)
२, क) सुशीलकुमार थापा (एमाले)
२, ख) राजबहादुर शाही (एमाले)

डोल्पा

१, क) नन्द सिंह बुढा (एमाले)
१, ख) वीरबहादुर शाही (माओवादी केन्द्र)

हुम्ला

१, क) दल रावल (एमाले)
१, ख) जीवनबहादुर शाही (नेपाली कांग्रेस)

जाजरकोट

१, क) गणेशप्रसाद सिंह (माओवादी केन्द्र)
१, ख) करवीर शाही (एमाले)

जुम्ला

१, क) नरेश भण्डारी (माओवादी केन्द्र)
१, ख) पदमबहादुर रोकाया (एमाले)

कालिकोट

१, क) कुर्मराज शाही (एमाले)
१, ख) महेन्द्रबहादुर शाही (माओवादी केन्द्र)

मुगु

१, क) दान सिंह परियार (एमाले)
१, ख) चन्द्रबहादुर शाही (एमाले)

रुकुम पश्चिम

१, क) रातो कामी (माओवादी केन्द्र)
१, ख) गोपाल शर्मा (माओवादी केन्द्र)

 

Share It

Post Comments
थप विशेष