विशेष बारा–३ ‘क’ मा माओवादीकी ज्वालाकुमारी साह विजयी
Ujyaalo

बारा, मंसिर २४ – प्रदेशसभा चुनाव अन्तर्गत बाराको क्षेत्र नम्बर ३ ‘क’ मा नेकपा माओवादी केन्द्रकी ज्वालाकुमारी साह विजयी हुनुभएको छ ।

४४ हजार ९ सय २२ मतदाता रहेको यस क्षेत्रमा ३१ हजार ८ सय ८० मत खसेको थियो । जसमध्ये साहले ११ हजार ७ सय ७७ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामानन्दप्रसाद यादवले १० हजार १ सय ४७ मत ल्याउनु भएको छ भने संघीय समाजवादी फोरम नेपालका रुपलाल चौधरीले ६ हजार ३ सय ८२ मत ल्याउनु भएको छ ।

Share It

Post Comments
थप विशेष