विशेष महेश बस्नेतले दमननाथ ढुंगानालाई १७ हजार भन्दा बढी मतले हराए
Ujyaalo

भक्तपुर, मंसिर २४ – भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट वाम गठबन्धनका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका बस्नेत ३६ हजार ४ सय १२ मतसहित विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दमननाथ ढुंगानाले १८ हजार ६ सय ८७ मत प्राप्त गर्नुभयो । विजयी बन्नुभएका बस्नेतले उहाँका निकटतम प्रतिस्पर्धी ढुंगानाले भन्दा १७ हजार ७ सय २५ मत बढी ल्याउनुभएको छ ।

यस्तै यो क्षेत्रको प्रदेशसभा ‘क’ मा शशीजंग थापा तथा ‘ख’ राजेन्द्रमान श्रेष्ठ विजयी हुनुभएको छ ।

Share It

Post Comments
थप विशेष