विशेष वामको साथ लागेका राजेन्द्र लिङदेन सिटौला भन्दा १० हजार मतलेअघि, कमल थापा निकै पछि
Ujyaalo

काठमाडौं, मंसिर २४ – मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार कमल थापा प्रतिस्पर्धीभन्दा निकै पछि पर्नुभएको छ ।

एमालेका कृष्णप्रसाद दाहालको ३८ हजार १ सय ७५ मत आउँदा थापाको ३१ हजार ९ सय ३० मत मात्रै आएको छ । थापा झण्डै ७ हजार मतले पछि हुनुहुन्छ ।

कांग्रेससँग गठबन्धन गरेका थापाको जित्ने सम्भावना कम हुँदै जाँदा वाम गठबन्धनको सहयोग पाएका राप्रपा नेता राजेन्द्र लिङदेनको जित सुनिश्चित जस्तै भएको छ ।

झापा ३ बाट उम्मेदवारी दिएका लिङदेनको ३१ हजार १ सय ९६ मत आएको छ । उहाँका प्रतिष्पर्धी कांग्रेसका कृष्णप्रसाद सिटौलाको २१ हजार ६ सय ५० मत मात्रै आएको छ ।

अरु क्षेत्रमा कांग्रेस र राप्रपाबिच तालमेल भएपनि यस क्षेत्रमा सिटौलाले छोड्न नमानेपछि लिङदेनले वाम गठबन्धनसँग तालमेल गर्नुभएको हो ।

 

Share It

Post Comments
थप विशेष