विशेष प्रत्यक्षमा दोस्रो हुन लागेको माओवादी समानुपातिकमा कांग्रेसभन्दा निकै पछाडि
Ujyaalo

काठमाडौं, मंसिर २४ – समानुपातिकतर्फको मतपरिणाममा पनि एमालेले अग्रता लिएको छ । समानुपातिकको सुरुवाती गन्तीमा कांग्रेसले अग्रता लिए पनि अहिले एमाले कांग्रेसभन्दा झण्डै ५ हजार मतले अगाडि छ ।

प्रत्यक्षतर्फ कांग्रेसलाई जित्दै दोस्रो हुने बाटोमा लागेको माओवादी समानुपातिकमा भने कांग्रेसभन्दा निकै पछाडि छ ।

पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ एमालेले ६७ हजार ६ सय मत ल्याएको छ । कांग्रेसको ६२ हजार ८ सय ६५ मत छ । माओवादीको भने २६ हजार १ सय ७० मत मात्रै आएको छ ।

 

Share It

Post Comments
थप विशेष