विशेष जसले तेस्रो प्रयासमा पनि देउवालाई हराउन सकेनन्
Ujyaalo

डडेल्धुरा, मंसिर २४ – प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । नेपाली कांग्रेसका सभापति समेत रहनु भएका देउवा २८ हजार ४४ मतसहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका खगराज भट्टले २१ हजार १ सय १५ मत प्राप्त गर्नुभएको छ । भट्टले भन्दा ६ हजार ९ सय २९ मत बढी ल्याएर देउवा विजयी हुनुभएको हो ।

नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टको जन्म २०३१ साल पुष २ गते डडेलधुरा जिल्लाको चिपुर गाविस–६ मा भएको हो । उहाँका बुबाको नाम रामदत्त भट्ट र आमाको नाम गोमतीदेवी भट्ट हो । २०४७ सालमा नेपाल विद्यार्थी संघको सदस्य भएर राजनीतिमा लागेका भट्ट २०४७ सालमा तत्कालीन नेकपा एकता केन्द्रको सदस्य भएर कम्यूनिष्ट राजनीतिमा लाग्नुभयो ।

तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोहको क्रममा ज्यान गुमाएका आफ्ना दाजु जयराज भट्टको प्रेरणाले उहाँ कम्यूनिष्ट राजनीतिमा लाग्नुभएको हो । आईएलसम्म पढेका भट्ट २०५४ सालदेखि २०५८ सालसम्म अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय सदस्य हुनुभयो । उहाँले त्यसअघि अखिल क्रान्तिकारीको कञ्चनपुर जिल्ला अध्यक्ष भएर काम गर्नुभएको थियो । विद्यार्थी फाँट छोडेपछि उहाँ तत्कालीन नेकपा माओवादीको दार्चुला, बैतडी र डडेलधुरा सचिव भएर काम गर्नुभयो भने पछि दार्चुला र बैतडीको इञ्चार्ज हुनुभयो ।

२०६० सालमा भट्ट तत्कालीन नेकपा माओवादीको केन्द्रीय समितिमा पुग्नुभयो र माओवादीको बहुचर्चित चुनवाङ बैठकपछि सबैको एकतह घटुवा हुने क्रममा उहाँ पनि एक तह घटुवा हुनुभयो । तर ०६५ सालमा फेरि केन्द्रीय समितिमा पुग्नुभएको छ ।

तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोहका उहाँ ९ महिना जेल पर्नुभएको थियो । डडेलुधुराबाट यसअघि पनि उम्मेदवार बनेका उहाँ वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित हुनुभएको थियो ।

उहाँ ६४ साल र ७० मा भएको संविधान सभा चुनावमा देउवासँग नै पराजित हुनुभएको थियो । यसपटक पनि उहाँले देउवासँगै प्रतिस्पर्धा गर्नुभएको छ ।

Share It

Post Comments
थप विशेष