विशेष झापाको नतिजा आउन थाल्यो, ४ मा एमालेका एलपी सावाँ विजयी
Ujyaalo

झापा, मंसिर २४– झापा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका एलपी सावा विजयी हुनु भएको छ । नेपाली कांग्रेसका देउकुमार थेवेलाई पराजित गर्दै उहाँ पहिलो पटक सांसद बन्नु भएको हो ।

थेवेलाई सावाँले १६ हजार ६ सय ९३ मतले पराजित गर्नुभयो । सावाँले ४३ हजार ५ सय १५ मत पाउनुभयो । पराजित थेवेलाई २६ हजार ८ सय २२ मत आयो ।

यस्तो छ म्यानपावर व्यवसाय देखि सांसदसम्मको यात्रा

लालप्रसाद साँवा लिम्बुको जन्म २०२४ असार २७ गते झापाको सतासीधाममा भएको हो । दुई छोराका बुबा लालप्रसादले विज्ञान संकायमा स्नातक गर्नु भएको छ । साँवा २०३६ सालदेखि अनेरास्ववियुको सदस्य भएर राजनीतिमा प्रवेश गर्नुभएको हो ।

२०४७ देखि नेकपा एमालेको पार्टी सदस्यता लिएका साँवा ०६२ सालमा बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष हुनुभयो । २०६९ सालमा नेकपा एमालेको उद्योग वाणिज्य व्यवसाय महासंघको केन्द्रीय सचिव भएका साँवा २०७० सालको चुनावमा झापा ५ बाट उम्मेदवार बनेपनि पराजित हुनुभएको थियो ।

 

Share It

Post Comments
थप विशेष