विशेष एमाले उपाध्यक्ष गौतमलाई बज्यो खतराको घण्टी, उछिने कांग्रेसका गौतमले
Ujyaalo

भावुक योगी/उज्यालो ।

बर्दिया, मंसिर २४ –बर्दियाको क्षेत्र नम्बर १ मा एमालेका उपाध्यक्ष बामदेव गौतम लगातार पछि पर्दै जानुभएको छ । सुरुमा अग्रता बनाइराखे पनि अहिले भने उहाँ झण्डै २५०० मतले पछि पर्नुभयो ।

मतगणना सुरु भएदेखि शनिवार दिउँसोसम्म कांग्रेसका सञ्जय गौतमसँगको दूरी टाढै राखेका बामदेव गौतम शनिवार बेलुकादेखि भने ढुक्क हुने अवस्थामा हुनुहुन्न । पछिल्लो पटक गनिएका धेरैजसो मत कांग्रेसका गौतमको पोल्टामा परेपछि बामदेव खतरामा पर्नुभएको हो ।

मतगणना सुरु भएदेखि बर्दिया क्षेत्र नम्बर १ मा वामगठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका बामदेव गौतमले ९ सय देखि २ हजार ४ सय अग्रता लिनु भएको थियो । मतान्तर घटदै गएर ५ सय ७६ मतले पछि रहेका बेला शनिवार राति साढे ११ बजे एक्कासी मतान्तर बढेको थियो ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी देबराज भारतीका अनुसार सिँचाई मन्त्रि समेत रहनुभएका सञ्जयकुमार गौतमले ३४४०४ मतसहित अग्रता लिनु भएको छ ।

उहाँका प्रतिस्पर्धी एमाले उपाध्यक्ष बामदेव गौतम ३१९४८ मतसहित पछ्याइ रहनुभएको छ । सञ्जय गौतम, बामदेव गौतम भन्दा २४५६ मतले अघि हुनुहन्छ ।

Share It

Post Comments
थप विशेष