विशेष मुख्यमन्त्रीको दाबेदार केशव स्थापित विजयी
Ujyaalo

काठमाडौं, मंसिर २४ – प्रदेशसभा अन्तर्गत काठमाडौं क्षेत्र नं. ६ क बाट एमालेका केशव स्थापित विजयी हुनुभएको छ । उहाँ ८०२२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धी कांग्रेसका न्हुछेनारायण मानन्धरले ५ हजार १ सय ४९ मत ल्याउनुभयो ।

स्थापितले आफूलाई प्रदेश नं. ३ को मुख्यमन्त्री दाबी गर्दै आउनुभएको छ । तर यही प्रदेशबाट मुख्यमन्त्रीको दाबी गर्दै आएका राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यले पनि जित हासिल गरेका छन् ।

Share It

Post Comments
थप विशेष