विशेष कांग्रेसलाई राहत दिलाए यादवले
Ujyaalo

रुपन्देही, मंसिर २४ –रुपन्देहीको क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका प्रमोद यादव विजयी हुनुभएको छ । यादवले ३१ हजार ७१८ मत ल्याउनु भएको छ । उहाँका प्रतिस्पर्धी राजपाका सर्वेन्द्रनाथ शुक्लाले २० हजार ४१६ मत ल्याउनु भयो ।

प्रदेशसभा ‘क’ तर्फ नेपाली कांग्रेसका अष्टभुजा पाठक ९ हजार ६४ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी राजपाका हजरत अलीले ४ हजार ६३४ मत ल्याउनु भयो । प्रदेशसभा ‘ख’ तर्फ १२ हजार ११३ मत ल्याएर नेपाली कांग्रेसका वसिउद्धिन खान विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार विरेन्द्र कलवारले ५ हजार ७६१ मत ल्याउनु भएको छ ।

रुपन्देही ५ मा पनि कांग्रेसकै भरतकुमार साह विजयी हुनुभएको छ । कांग्रेसले सबैतिर अपेक्षित नतिजा हासिल गर्न नसकेको बेला साह र यादवको विजयीले कांग्रेसलाई राहत मिलेको छ ।

Share It

Post Comments
थप विशेष