विशेष चितवनका तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता, प्रचण्डसँगको मतान्तर घटाउँदै पाण्डे
Ujyaalo

चितवन, मंसिर २४ – चितवनका तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ । चितवन क्षेत्र नम्बर १ मा एमालेका सुरेन्द्र पाण्डेले २० हजार ८ सय २० मतका साथ अग्रता लिइरहनुभएको छ भने नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १५ हजार २ सय ३० मतका साथ उहाँलाई पछ्याउनुभएको छ ।

क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेल पनि भारि मतका साथ अग्रता कायम गर्नुभएको छ । उहाँको २३ हजार ७ सय ६ मत रहेको छ भने कांग्रेसका शेषनाथ अधिकारीको १५ हजार ६ सय ९ मतका साथ पछ्याइरहनु भएको छ ।

क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अग्रता कायम रहेको छ । सुरुवाती अग्रता लिएका राप्रपाका बिक्रम पाण्डेले प्रचण्डलाई पछ्याइरहनुभएको छ ।

दोब्बर मतले अगाडि रहनुभएका प्रचण्डसँग राप्रपाका पाण्डेले मतान्तर घटाउँदै जानुभएको छ । प्रचण्डको १६ हजार ६ सय ९६ मत रहेको छ भने पाण्डेको १२ हजार १ सय ३५ मत रहेको छ ।

Share It

Post Comments
थप विशेष