विशेष तेह्रथुमको प्रदेशसभा क ; एमाले अध्यक्षले कांग्रेस सभापतिलाई हराउने निश्चित
Ujyaalo

तेह्रथुम, मंसिर २४– तेह्रथुमको प्रदेशसभा क मा वाम गठबन्धनका उम्मेदवार लक्ष्मण तिवारी विजयी हुने निश्चित भएको छ । अब ८ सय ६९ मत गन्न बाँकी रहँदा तिवारीले कांग्रेसका गोविन्द ढुंगानालाई १ हजार ४ सय ६२ मतले पछि पार्नुभएको छ ।

अहिलेसम्म तिवारीले ११ हजार ३ सय २४ मत पाउनुभएको छ भने ढुंगानाले ९ हजार ८ सय ६२ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गन्न बाँकी सवै मत रुख चिन्हमा परेपनि ढुंगानाले जित्नुहुन्न । तिवारी एमालेका जिल्ला अध्यक्ष हुनुहुन्छ भने ढुंगाना कांग्रेसको जिल्ला सभापति हुनुहुन्छ । तेह्रथुमका म्याङलुङ्ग र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका रहेको यो निर्वाचन क्षेत्रमा २४ हजार २ सय ३० मत खसेको थियो ।

Share It

Post Comments
थप विशेष