विशेष जसले कहिल्यै हारेनन् र यसपटक प्रधानमन्त्री पत्नीलाई पनि हराएरै छाडे
Ujyaalo

कैलाली, मंसिर २४ – थोरै व्यक्तिहरुले मात्र यस्तो सौभाग्य प्राप्त गरेका हुन्छन् जसले हरेक खेलमा जीत हासिल गर्छन् । चुनाव यस्तै एउटा विशाल खेल हो, जहाँ शक्तिशाली राजनीतिक खेलाडीहरु भिडेका हुन्छन् ।


एमालेका नारदमुनि राना यस्तै राजनीतिक खेलाडी हुन् जसले यस अघि पनि कहिल्यै हार व्यहोर्नु परेन । यसपटक भने उहाँले प्रधानमन्त्री पत्नी आरजु राणालाई ४ हजार ८८० मतान्तरले हराएर जीतको श्रृंखलामा अर्को प्रमाणपत्र थप्नु भएको छ ।


कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नारदमुनिले २७ हजार २०२ मत र आरजु रानाले २२ हजार ३२२ मत प्राप्त गरेको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


धनगढी उपमहानगरपालिका ८ मा २०२९ सालमा सामान्य परिवारमा जन्मिएका नारदमुनि २०५४ सालमा धनगढी नगरपालिकाको उपमेयर हुनुभएको थियो ।


यस्तै पहिलो संविधान सभा २०६४ मा उहाँ एमालेबाट समानुपातिक सभासद हुनु भएको थियो ।
राजनीतिमा मात्र होइन, उहाँ पढाइमा पनि अब्बल हुनुहुन्थ्यो ।

उहाँले राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । २०४५ सालबाट वामपन्थी विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका राना अहिले एमालेका वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ ।


प्रधानमन्त्री शेरबहादुर देउवाले २०७० सालमा चुनाव जितेपछि सो क्षेत्र छाड्नुभएको थियो । त्यसपछिको उपचुनावमा पनि कांग्रेसकै पुष्करनाथ ओझाले जित्नुभएको थियो ।


यसपटकको चुनावमा राना थारुको अधिकांश मत नारदमुनिले पाएपछि प्रधानमन्त्री पत्नी आरजु राणालाई हराउन सफल भएको विश्लेषण गरिएको छ ।


झण्डै ९२ हजार मतदाता रहेको कैलाली क्षेत्र नं. ५ मा ३० हजार राना थारु छन् । बाँकी धेरै जसो डोटेली ब्राह्मण समुदायको बसोबास छ ।

Share It

Post Comments
थप विशेष