विशेष बामदेव गौतम साँच्चै संकटमा छन् ?
Ujyaalo

काठमाडौं, मंसिर २४ – देशैभरी कांग्रेस र अन्य साना दलका शीर्ष नेताले हारेका मात्रै समाचार आइरहँदा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पाएको मतले पनि चर्चा पाएको छ ।

मतगणना सुरु भएदेखि शनिवार दिउँसोसम्म अघि रहेका बामदेव गौतम शनिवार बेलुकादेखि भने कांग्रेसका सञ्जय गौतमभन्दा पछि पर्नुभयो ।
आइतबार विहान एकसमय बामदेव गौतम सञ्जय गौतम भन्दा ४ हजार मतले पछि हुनुुहुन्थ्यो ।

तर अहिले भने बामदेवले सञ्जयसँगको दुरी घटाउँदै लैजानुभएको छ । कांग्रेसका सञ्जय गौतमको ४१ हजार ७ सय ११ मत आउँदा बामदेवको ३९ हजार ७ सय ८३ मत आएको छ ।

बामदेव अहिले १९ सय २८ मतले पछि हुनुहुन्छ । बामदेवले पछिल्लो समय मत घटाउँदै लगेकाले बामदेवको हार निश्चित भन्न मिल्दैन । किनकी त्यो ४ हजारबाट बामदेवले मतान्तर १९ सयमा झार्नुभएको छ ।

अब बारबर्दिया नगरपालिकाको वडा नम्बर ८, ९, १० र ११ को मत गन्न बाँकी छ । यहाँ ८ हजार ७ सय मत गन्न बाँकी छ । यी क्षेत्र माओवादी र एमालेका पकड क्षेत्र हुन् । त्यसैले बामदेव गौतमले सञ्जय गौतमलाई पछि पार्ने सम्भावना पनि छ । तर माओवादीको पकड रहेको क्षेत्रमा बामदेवलाई कति मत आउछ भन्ने कुरा नै मुख्य हो ।

 

Share It

Post Comments
थप विशेष