विशेष चितवनमा प्रचण्डले के गर्लान ?
Ujyaalo

चितवन, मंसिर २४ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शान्तिपूर्ण राजनीतिक यात्रामा आएपछि तेस्रो पटक चुनावी दौडाहामा हुनुहुन्छ । ०६४ सालको पहिलो संविधानसभा चुनावमा दुई ठाउँबाट जितेका प्रचण्डले दोस्रो संविधानसभा चुनावमा एक ठाउँमा हार र एक ठाउँबाट जित निकाल्नुभयो ।

फरक फरक ठाउँबाट चुनाव लडदै आउनुभएका प्रचण्ड यो पाली भने आफ्नो गृहजिल्ला चितवनबाट चुनाव लडनुभएको छ । चुनावको प्रारम्भिक मतगणनाको घोषणामा पछाडि पर्नुभएका प्रचण्ड त्यसपछि भने आफ्ना प्रत्यासी राप्रपाका बिक्रम पाण्डेलाई अगाडि पर्नै दिनुभएको छैन् ।

एक समय मत दोब्बर बनाउँनुभएका प्रचण्ड अहिले पाण्डेभन्दा लगभग ५ हजार मतले अगाडि हुनुहुन्छ । पछिल्लो मतअनुसार प्रचण्डको १७ हजार १ सय ६१ मत रहेको छ भने पाण्डेको १२ हजार ७ सय ७२ मत रहेको छ ।

Share It

Post Comments
थप विशेष