विशेष यी हुन प्रदेश नम्बर ३ का परिणाम आउँन बाँकी क्षेत्र
Ujyaalo

काठमाडौं, मंसिर २४ – पहिलो र दोस्रो चरणमा गरी सम्पन्न भएको प्रतिनिधिसभा चुनावमा प्रदेश नम्बर ३ का ६ वटा निर्वाचन क्षेत्रको मात्र मतपरिणाम आउँन बाँकी रहेको छ ।

चितवन जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमध्ये तीनवटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम आएको छैन् । काभ्रेका दुईवटा निर्वाचन क्षेत्रमध्ये यसको पनि दुईवटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम आएको छैन् ।

भत्तपुरका दुई निर्वाचन क्षेत्रमध्ये एक निर्वाचन क्षेत्रको अन्तिम परिणाम आएको छ भने एउटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणा आउँन बाँकी रहेको छ ।

काभ्रे र भक्तपुरको अन्तिम मतपरिणाम आज साझँसम्म आउनसक्ने भए पनि चितवनको अन्तिम परिणाम आउँन केही दिन लाग्न सक्ने देखिएको छ । तर मत परिणामलाई तिव्र बनाउँनका लागि गणनास्थल बढाइएको छ । प्रदेशसभा र समानुपातिकको भने सबै जिल्लामा मतगणना कार्य जारी रहेको छ ।

 

Share It

Post Comments
थप विशेष