विशेष सिटौला १३ हजार बढी मतले पराजित, राप्रपाका लिङ्देन विजयी
Ujyaalo

झापा, मंसिर २४ – झापा क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पराजित हुनुभएको छ । उहाँ राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनसंग १३ हजार भन्दा धेरै मतले पराजित हुनुभएको हो । लिङदेनले ४४ हजार ६ सय १४ मत प्राप्त गर्दा सिटौलाले ३१ हजार १ सय ७१ मत मात्र प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । यो अन्तर १३ हजार ४ सय ४३ मतको हो । लिङदेनलाई एमाले र माओवादी केन्द्रले पनि समर्थन गरेका थिए ।

Share It

Post Comments
थप विशेष