विशेष बामदेवको मतपरिणामले कार्यकर्तालाई खाना रुचेन
Ujyaalo

बर्दिया, मंसिर २४ – धेरैजसो पार्टीका शीर्ष नेताको हारजितको टुंगो लागिसक्दा पनि बर्दिया १ मा भने चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले शनिबार साँझसम्म अग्रता लिएपनि शनिबार रातीदेखि बामदेव गौतम कांग्रेसका सञ्जय गौतमभन्दा पछि पर्नुभएको छ ।

आइतबार बिहानसम्म बामदेव गौतम ४ हजार मतले पछि हुनुहुन्थ्यो अहिले भने उहाँ १६ सय मतले पछि हुनुुहुन्छ । अब झण्डै ५ हजार मत गन्न बाँकी रहेको अवस्थामा गौतम १६ सय मतले पछि परेपछि मतगणनास्थल जिल्ला समन्वय समितिको हल बाहिरबसेका कार्यकर्ता निराश छन् ।

केही कार्यकर्ता खाना पनि नखाई मतपरिणाम सुन्न बसेका छन् । केही कार्यकर्ताले चाहीँ मतपरिणामको नतिजाले ढुकढुकी बढाएको भन्दै खाना नरुचेको बताएका छन् ।

Share It

Post Comments
थप विशेष