विशेष एमाले प्रतिकूलतामा आत्तिने र अनुकूलतामा मात्तिदैंन : ओली
Ujyaalo

भक्तपुर, मंसिर २४ – एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही काम गर्न नसकेको बताउँदै प्रदेशसभा बोलाउन त्रिपाल खोज्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

आइतबार बालकोट स्थित ओली निवास भक्तपुरमा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा तथा प्रदेशसभामा विजयी हुने महेश बस्नेत, शशीजंग थापा र राजेन्द्रमान श्रेष्ठलाई बधाई दिदै उहाँले सरकारले प्रदेशसभा बस्ने ठाउँ, प्रदेशमन्त्री बस्ने ठाउँ, मन्त्रालय केहीको पनि तयारी नगरेको टिप्पणी भयो ।

सरकारले प्रदेशसभा बैठक कहाँ बोलाउने, मुख्यमन्त्री कहाँ बस्ने, कहाँ मन्त्रालय बनाउने भन्ने कुनै तयारी समेत नगरेको भन्दै ओलीले भन्नुभयो– ‘प्रदेशसभा बोलाउनुपर्छ कहाँ बोलाउने थाहा छैन, सरकारले न त तयारी नै गरेको छ, भवन नहुँदा सभा बस्नलाई पनि अब ठूला ठूला त्रिपाल खोज्नुपर्ने भएको छ ।’

देशभरी वाम गठबन्धनको विजयी यात्राले देश बनाउने जिम्मेवारी दिएको बताउँदै अब देश समृद्धिको बाटोमा अगाडि बढ्ने उहाँको भनाई थियो । उहाँले जनताको चाहना र अपेक्षालाई पूरा गरेर छाड्ने बताउँदै भन्नुभयो–‘अब देश विकास र समृद्धि तर्फ अगाडि बढ्छ, जनताले विश्वास र आशा राखेर वाम गठबन्धनको पक्षमा मतदान गर्दा आएको नतिजालाई स्वागत गर्दै आमनागरिकप्रति धन्यवाद भन्न चाहन्छु ।’

एमाले र वाम गठबन्धनलाई निषेध गर्न चलाईएको भ्रम, अराजकको खेतीलाई मतदान मार्फत जनताले चिरेका प्रतिकृया दिदै उहाँले भ्रष्टाचारलाई शून्यमा पुर्याउँदै जनताको अपेक्षालाई पुरा गर्ने बताउनुभयो ।

आफूहरु प्रतिकूलतामा नआत्तिने र अनुकूलतामा नमात्तिने बताउँदै नेपाली समाजलाई विविधतामा एकता भएको नमुना समाज र देश निर्माण गर्दै जनताका अधिकार सुनिश्चित गर्ने बताउनुभयो ।

 

Share It

Post Comments
थप विशेष