विशेष राप्रपाको पहिलो र अन्तिम जित, समानुपातिकमा ३ प्रतिशत मत ल्याउला ?
Ujyaalo

झापा, मंसिर २४ – राप्रपाका उम्मेदवार राजेन्द्रप्रसाद लिङदेन झापा क्षेत्र नम्बर ३ बाट विजयी हुनुभएको छ । लिङदेनको जित राप्रपाका लागि यसपटकको पहिलो र अन्तिम पनि जित हो । किनभने गणना भइरहेका अरु कुनैपनि क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी हुने सम्भावना छैन भनेपनि हुन्छ ।

बाँके २ मा राप्रपाका ओमप्रकाश आजाद तेश्रो स्थानमा छन् । उनी पहिलो स्थानमा रहेका उम्मेदवारभन्दा ११ हजार भन्दा धेरै मतले पछि रहेकाले जित हात पार्ने सम्भावना नाम मात्रको छ । अध्यक्ष कमल थापा मकवानपुर १ बाट पराजित भएपनि लिङदेनले राप्रपाको शाख जोगाउनुभएको हो ।

राष्ट्रिय दल बन्नका लागि राप्रपालाई अब समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत मत आवश्यक पर्छ । समानुपातिकतर्फको गणना चलिरहेकाले ३ प्र्रतिशत मत कति हुन्छ भनेर अहिल्यै भन्न सकिंदैन ।

Share It

Post Comments
थप विशेष