विशेष संखुवासभामा गठबन्धन र कांग्रेसको कडा टक्कर
Ujyaalo

संखुवासभा, मंसिर २४– संखुवासभामा प्रतिनिधिसभातर्फको एक र प्रदेशसभातर्फका दुवै सिटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । पछिल्लो अपडेट अनुसार प्रतिनिधिसभामा एमालेका राजेन्द्रप्रसाद गौतमले २० हजार ६३ मत पाउनुभएको छ ।

कांग्रेसका दीपक खड्काले १९हजार २ सय ५४ मत पाउनुभएको छ । यो अवस्थामा गौतमको अग्रता ८ सय ९ मतको छ ।

यस्तै, प्रदेशसभा क मा माओवादी केन्द्रका पूर्णप्रसाद राईले ११ हजार ८ सय १० मत पाउनुभएको छ । कांग्रेसका टंकप्रसाद राईले १० हजार ७ सय २५ मत पाउनुभएको छ । यहाँ पूर्णप्रसादले १ हजार ८५ मतको अग्रता लिनुभएको हो ।

प्रदेशसभा ख मा एमालेका तुलसीप्रसाद न्यौपानेले ८ हजार ६ सय ५२ मत ल्याउँदा कांग्रेसका दीपक लिम्बुले ८ हजार ५ सय ९ मत पाउनुभएको छ । यहाँ न्यौपानेको अग्रता १ सय ४३ मतको रहेको छ ।

Share It

Post Comments
थप विशेष