विशेष प्रचण्डसँग हार्ने लिला माओवादीकै भोट पाएर विजयी
Ujyaalo

सिरहा, मंसिर २४ - सिरहा क्षेत्र नम्बर ३ बाट नेकपा एमाले लिलानाथ श्रेष्ठ विजयी हुनु भएको छ । उहाँ २ हजार ५२ बढी मतले विजयी हुनुभयो ।

उहाँले २३ हजार २ सय ७२ मत पाउनु भयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका असेश्वर यादवले २१ हजार २ सय २० मत पाउनुभयो । यस्तै तेश्रो स्थानमा रहेका नेपाली कांग्रेसका अमर रेग्मीले ११ हजार ७ सय ७८ मत पाउनुभयो ।

७० सालको चुनावमा श्रेष्ठा सिरहा क्षेत्र नम्बर ५ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित पराजित हुनु भएको थियो । तर यो पटक माओवादी र एमालेबिच गठबन्धन बनेका कारण उहाँ माआवादीकै मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

२०३७ सालमा सप्तरीमा अनेरास्ववियूको जिल्ला सदस्य भएर राजनीतिमा प्रवेश गरेका श्रेष्ठ अनेरास्ववियूबाटै २०४१ सालमा नेपाल ल क्याम्पसको स्ववियू सह–सचिव हुनुभयो ।

Share It

Post Comments
थप विशेष