विशेष प्रधानमन्त्री पत्नीलाई हराउन सफल नारदमुनिले दायाँबायाँ श्रीमती राखेर गरे यस्तो वाचा
Ujyaalo

धनगढी, २४ मंसिर – कैलाली क्षेत्र नं ५ वाट प्रतिनिधिसभा सदस्यमा चुनिएका एमाले नेता नारदमुनि रानाले दायाँबायाँ श्रीमती राखेर चुनावको वेला गरेका सबै बाचा पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिदै रानाले आफूले चुनावको बेला गरेको वाचा पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘मैले चुनावका बेला जे जत्ति वाचा गरेको थिएँ, त्यसलाई पूरा गर्न म मरिमेटेर लाग्नेछु, संविधान कार्यान्वयन र देशको विकासमा प्रतिवद्ध भएर लाग्नेछु’ उहाँले भन्नुभयो ।


श्रीमान्ले चुनाव जितेपछि खुसी हुँदै दुवै श्रीमती बधाई दिन मतदान अधिकृतको कार्यालयमै पुग्नुभएको थियो ।
दुईवटा श्रीमती भएकाले कसले पहिले टिका र माला लगाउने भन्ने अन्यौल सिर्जना भएपछि जेठी श्रीमतीले पहिले माला लगाइदिनुभएको थियो ।


नारदमुनिका दुई जना श्रीमती हुनुहुन्छ । नारदमुनि रानाले प्रधानमन्त्री पत्नी आरजु राणालाई हराउनुभएको हो । वामगठवन्धनका रानाले २७ हजार २ सय २ मत प्राप्त गर्नु भएको छ भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गर्नुभएको छ ।


स्थानीय तहको चुनावमा धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसले जितेको थियो । धनगढी उपमहानरपालिका ८ मा स्थायी बसोबार भएका राना २०६४ सालमा नेकपा एमालेको तर्फबाट समानुपातिक सभासद हुनुभएको थियो । दलाललाई रातोपासपोर्ट बेचेको आरोप लागेका रानालाई अदालतले सफाइ दिएको थियो ।

 

Share It

Post Comments
थप विशेष