विशेष चितवन ३ मा प्रचण्ड र पाण्डेकोे मतान्तर ४ हजार ७ सय ५५
Ujyaalo

चितवन, मंसिर २४ – चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अग्रता कायम रहेको छ ।

सुरुवाती अग्रता लिएका राप्रपाका बिक्रम पाण्डेले प्रचण्डलाई पछ्याइरहनुभएको छ । दोब्बर मतले अगाडि रहनुभएका प्रचण्डसँग राप्रपाका पाण्डेले मतान्तर घटाउँदै जानुभएको छ ।

अहिले प्रचण्ड र पाण्डेको मतान्तर ४ हजार ७ सय ५५ मत रहेको छ । प्रचण्डको २१ हजार ३ सय ८० मत रहेको छ भने पाण्डेको १६ हजार ६ सय २५ मत रहेको छ ।

Share It

Post Comments
थप विशेष