विशेष वामका सबै ठुला नेताले जिते, तर बामदेवले हारे
Ujyaalo

बर्दीया, मंसिर २४ –वाम गठबन्धनका सबैजसो ठुला नेता जितपनि एमालेका उपाध्यक्ष बामदेव गौतम भने पराजित हुनुभएको छ । बामदेव गौतम बर्दियाको क्षेत्र नम्बर १ मा कांग्रेसका सञ्जय गौतमसँग ७ सय ५३ सय मतले पराजित हुनुभएको हो ।

मतगणना सुरु भएदेखि शनिवार साँझसम्म अग्रता कायम राखेका बामदेव गौतम शनिवार रातीदेखी पछि पर्नुभएको थियो । बर्दियामा लोकप्रिय मानिएका सञ्जय गौतमले ४४८२९ मत ल्याउँदा बामदेव गौतमको ४४०७६ मत आयो ।

वाम गठबन्धनका सबै ठुला नेताले जित्दा एमालेका उपाध्यक्ष बामदेव गौतम र माओवादीका नारायणकाजी श्रेष्ठ भने पराजित हुनुभयो ।

बाम गठबन्धनका सामान्य नेताले कांग्रेसका शीर्ष नेतालाई हराइरहेको अवस्थामा वाम गठबन्धनका नारायणकाजी श्रेष्ठ र बामदेव गौतम भने पराजित हुनभएको छ ।

२०७० सालको चुनावमा बर्दिया र प्यूठानबाट चुनाव जितेका बामदेवले बर्दिया छाडेर प्यूठान रोजेपछि उहाँको क्षेत्रका नागरिक रुष्ट भएका थिए । यसपटक बामदेव गौतमले प्यूठानबाट उठ्ने बताउँदै आउनुभएको थियो । तर वाम गठबन्धनका कारण प्यूठानमा जनमोर्चालाई सघाउने निर्णय भएपछि उहाँ बर्दियाबाट चुनाव लड्नुभएको थियो । तर हार्नुभयो ।

Share It

Post Comments
थप विशेष