विशेष मोरङको प्रत्यक्षतर्फको गणना सकियो, समानुपातिकको गणना शुरु
Ujyaalo

मोरङ, मंसिर २४ – मोरङका सवै क्षेत्रको गणना सकिएको छ । प्रदेशसभातर्फ क्षेत्र नम्बर २ को ख क्षेत्रमा कांग्रेसका शिवनारायण गनगाई विजयी भएसंगै मोरङमा सवै गणना सकिएको हो । गनगाईले १६ हजार ४ सय १८ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका गणेशप्रसाद उप्रेतीले १५ हजार १ सय ७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभाका ६ वटै क्षेत्रको गणना सकेर प्रदेशसभाको गणना शुरु गरिएको थियो ।

मोरङका सवै क्षेत्रको परिणाम हेर्न यहाँ क्लिक गर्नुहोस् । प्रत्यक्षतर्फको गणना सकिएसंगै अब समानुपातिकको गणना शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

Share It

Post Comments
थप विशेष