
खोटाङ, मंसिर २४ – खोटाङमा कांग्रेसका पराजित उम्मेद्वारले वाम गठबन्धनका विजयी उम्मेद्वारलाई बधाई दिएका छन् । विजय जुलुस निकाल्न दिक्तेलको हेलीप्याडमा भेला भएका वाम गठबन्धनका विजयी उम्मेद्वारलाई कांग्रेसका पराजित उम्मेद्वारहरुले त्यहिं पुगेर फूलमाला, खादा र अबिर लगाउँदै बधाई तथा शुभकामना दिएका हुन् ।
कांग्रेसका प्रतिनिधिसभातर्फ पराजित उम्मेद्वार सरस्वती बजिमय, प्रदेशसभा क का उम्मेद्वार सुवासकुमार पोखरेल, प्रदेशससभा ख का उम्मेद्वार बिष्णुकुमार राई लगायतका कांग्रेस नेताले प्रतिनिधिसभा सदस्यमा बिजयी एमालेका बिशाल भट्टराई, प्रदेशसभा क मा बिजयी एमालेका राजन राई र प्रदेशसभा ख मा बिजयी माओबादी केन्द्रका रामकुमार राईलाई फूलमाला लगाइ दिएर सफल कार्यकालका लागि शुभकाना दिएका हुन् ।
Share It
Post Comments
थप विशेष