विशेष मोरङमा विजय उत्सव
Ujyaalo

सुमन तिमल्सिना उज्यालो

विराटनगर, मंसिर २४ – मोरङमा जितको खुशीयालीमा दलहरुले विजय ¥याली निकालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाबाट विजयी भएका उम्मेदवार सहित नेताकार्यकर्ताले बिजय ¥याली निकालेका हुन् ।

प्रतिनिधिसभामा वाम गठबन्धनबाट क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा, ३ मा भानुभक्त ढकाल, ४ मा अमनलाल मोदी, ५ मा शिवकुमार मण्डल, ६ मा लालबाबु पण्डित निर्वाचित भएसँगै गाउँ गाउँबाट आएका समर्थक सहित दुई दलले नै संयुक्त ¥याली निकालेका हुने । मोरङ क्षेत्र ४ र ६ वाम दलले कहिल्यै जित्न नसकेको क्षेत्र भएपनि यसपटक वाम दलले त्यो रेकर्ड ब्रेक गरेका हुन् ।

नेपाली कांग्रेसले पनि विजय र्याली निकालेको छ । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ जितेर डाक्टर मिनेन्द्र रिजालले मोरङमा कांग्रेसको ‘शाख’ राख्नुभएको छ ।

Share It

Post Comments
थप विशेष