विशेष चितवन ३ मा रोचक चुनावी भिडन्त, प्रचण्डले मतान्तर बढाउँदै
Ujyaalo

चितवन, मंसिर २४ – चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अग्रता कायम रहेको छ ।

सुरुवाती अग्रता लिएका राप्रपाका बिक्रम पाण्डेले प्रचण्डलाई पछ्याइरहनुभएको छ । अहिले प्रचण्ड र पाण्डेको मतान्तर ५ हजार ४५ मत रहेको छ ।

प्रचण्डको २२ हजार २ सय ३ मत रहेको छ भने पाण्डेको १७ हजार १ सय ५८ मत रहेको छ । प्रचण्डले अहिले भने पाण्डेसँको मतान्तर बढाउँदै लानुभएको छ ।

Share It

Post Comments
थप विशेष