विशेष वामका सबै ठूला नेताले जिते, तर बामदेव र प्रकाशले हारे
Ujyaalo

काठमाडौं, मंसिर २४ – वाम गठबन्धनका सबैजसो ठूला नेताले जितेपनि एमाले उपाध्यक्ष बामदेव गौतम र माओवादी केन्द्रका प्रभावशाली नेता भने पराजित हुनुभएको छ ।

वामदेव गौतम बर्दियाको क्षेत्र नम्बर १ मा कांग्रेसका सञ्जय गौतमसँग ७ सय ५३ मतले पराजित हुनुभयो । मतगणना सुरु भएदेखि शनिबार साँझसम्म अग्रता कायम राखेका बामदेव गौतम शनिवार रातीदेखि पछि पर्नुभएको थियो ।

बर्दियामा लोकप्रिय मानिएका सञ्जय गौतमले ४४ हजार ८ सय २९ मत ल्याउँदा बामदेव गौतमको ४४ हजार ७६ मत आयो ।

माओवादीका नेता नारायणकाजी श्रेष्ठको हालत पनि यस्तै भयो । गोरखा क्षेत्र नं. २ मा प्रतिस्पर्धी डा. बाबुराम भट्टराइले ३१ हजार ८ सय ७ मत ल्याउँदा २४ हजार ९ सय ३३ मत ल्याउनुभयोे । गोरखामा त बाबुराम भट्टराई विजयी हुन्छन भनेर पहिल्यै अनुमान गर्नेहरु धेरै थिए ।

तर बर्दिया १ मा बामदेवको हारको चर्चा पनि थिएन् । तर बर्दियामा भिजेका कांग्रेसका स्थानीय नेता सञ्जयसामु बर्दियाको केही चलेन ।

अहिले देशैभरी वाम गठबन्धनका उम्मेदवारले जुन सफलता लिएका छन् त्यसमा पनि बामदेव गौतमको मुख्य भूमिका थियो । पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा वलीको पानी बाराबार हुँदा पनि बामदेवले नै सहजकर्ताको भूमिका खेल्नुभएको थियो । तर बर्दियाबाट भने बामदेव गौतमले पराजय भोग्नुभएको छ ।

वाम गठबन्धनका सामान्य नेताले कांग्रेसका शीर्ष नेतालाई हराइरहेको अवस्थामा बामदेव गौतम भने पराजित हुँदा धेरैथरी कुरा पनि आएका छन । तर बामदेवले वाम गठबन्धनको जितमा चित्त बुझाउने ठाउँ भने रहेको छ ।

२०७० सालको चुनावमा बर्दिया र प्यूठानबाट चुनाव जितेका बामदेवले बर्दिया छाडेर प्यूठान रोजेपछि उहाँको क्षेत्रका नागरिक रुष्ट भएका थिए ।

यसपटक बामदेव गौतमले प्यूठानबाट उठ्ने बताउँदै आउनुभएको थियो । तर वम गठबन्धनका कारण प्यूठानमा जनमोर्चालाई सघाउने निर्णय भएपछि उहाँ बर्दियाबाट चुनाव लड्नुभएको थियो । तर हार्नुभयो ।

Share It

Post Comments
थप विशेष