विशेष उदयपुरको प्रदेशसभा तर्फको अन्तिम नतिजा आयो ; एमालेका विमल कार्की विजयी
Ujyaalo

उदयपुर, मंसिर २४– उदयपुरको क्षेत्र नम्बर १ क मा एमालेका विमल कार्की विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्दि कांग्रेसका विदुर बस्नेत भन्दा १ हजार ६ सय ५७ मत बढी ल्याएर जित हात पार्नुभएको हो । एमालेका कार्कीले १७ हजार ५ सय १ मत प्राप्त गर्नुभयो ।

कांग्रेसका बस्नेतले १५ हजार ८ सय ४४ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयलले जनाएको छ । बस्नेत नेपाली कांग्रेसका जिल्ला सभापति हुनुहुन्छ भने बस्नेत एमालेका जिल्ला उपाध्यक्ष हुनुहुन्छ ।

 

Share It

Post Comments
थप विशेष