
प्रकाश पन्त/उज्यालो ।
सुर्खेत, मंसिर २४ –सुर्खेतको क्षेत्र २ बाट प्रतिनिधिसभातर्फ नेकपा एमालेका नवराज रावत विजयी हुनु भएको छ । रावतले ३७ हजार ४ सय ४७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हृदयराम थानीले २८ हजार ६ सय ४६ मत ल्याउनु भएको छ ।
नेकपा एमाले सुर्खेतका पूर्व अध्यक्षसमेत रहेका रावतले प्रतिनिधिसभाको चुनावमा पहिलो पटक जित हासिल गर्नु भएको छ । यसअघि उहाँ २ पटक संविधान सभाको चुनावमा पराजित हुनु भएको थियो ।
२०२० सालको पुसमा अछामको मष्टवण्डलीमा जन्मेका रावतले २०३६ सालमा अनेरास्ववियूको साधारण सदस्य हुँदै राजनितिक यात्रा सुरु गनुभएको थियो । रावत २०५४ सालमा जिल्ला विकास समिति सुर्खेतको उपसभापति बन्नुभएको थियो ।
उहाँ २०६६ सालमा नेकपा एमाले सुर्खेतको जिल्ला अध्यक्ष हुनुभएको थियो । नवराज रावत अहिले नेकपा एमाले ६ नम्बर प्रदेशको सचिव समेत हुनुहुन्छ ।