विशेष गच्छदारले मतान्तर घटाए
Ujyaalo

सुनसरी, मंसिर २४– सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले मतान्तर घटाउनु भएको छ । यसअघि २७ सय मतले पछि परेका गच्छदारले एमालेकी भगवती चौधरीसँगको मतान्तर ८ सय १७ मा झार्नु भएको हो ।

पछिल्लो मत परिणाम अनुसार भगवती चौधरीले २४ हजार ६ सय ५४ मत पाउनु भएको छ । गच्छदारको २३ हजार ८ सय ३७ मत छ ।

Share It

Post Comments
थप विशेष