विशेष ४८ सालदेखि कहिल्यै नहारेका रामजनम यसपल्ट किन हारे ?
Ujyaalo

कैलाली, मंसिर २४ – यसअघिका सबै चुनावमा विजय हासिल गर्दै आएका कांग्रेस नेता रामजनम चौधरी यसपटक पराजित हुनुभएको छ । कांग्रेसका अरु धेरै हस्तीहरु जस्तै उहाँले पनि पराजय स्वीकार्नुपरेको हो । उहाँ कैलाली ३ मा माओवादीका गौरीशंकर चौधरीसँग पराजित हुनुभयो ।

गौरीशंकर चौधरीको २४ हजार ८ सय ७९ मत आउँदा रामजनमको २९ हजार ४ सय ९४ मत आएको छ ।

२०४८ साल यता भएका सबै संसदीय चुनावमा जित्दै आएका पूर्व मन्त्री एवं कांग्रेस नेता रामजनम चौधरीलाई अर्का थारु समुदायका नेता पूर्व मन्त्री गौरीशंकर चौधरीले पराजयको स्वाद चखाएका हुन् । २०४८ साल, २०५१, २०५६ सालमा भएको चुनावमा नेपाली कांग्रेसबाट जितेका रामजनम २०६४ सालमा सामानुपातिक सासंद बन्नुभएको थियो ।

२०७० मा भएको दोश्रो संविधानसभा चुनावमा भने रामजनम कांग्रेस पार्टी परित्याग गरेर फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेर आफ्नै सहपाठी नारायणदत्त मिश्रलाई पराजित गर्दै सांसद बन्नुभयो । तर यसपटक उहाँको विजययात्रा टुंगिएको छ ।

टीकापुर घटनाको आरोपमा कारागार चलान भएका थारु समुदायलाई मन्त्री बन्दा पनि रिहा गर्न नसकेको भन्दै यो समुदायले उहाँलाई मन पराउन छोडेको थियो । यस्तै उहाँको पकेट क्षेत्र मानिने जोशीपुर पनि यसपाली क्षेत्र नम्बर १ मा गएपछि रामजनमलाई नराम्ररी धक्का पुगेको हो ।

यता गौरीशंकर चौधरीले भने कृषि मन्त्री भएका प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतका धेरै कार्यक्रमहरु आफ्नो क्षेत्रमा लैजानुभएको थियो । जसको फाइदा अहिलेको नतिजाले देखाएको छ । उहाँले विभिन्न जोन व्लक लगायतका धेरै कार्यक्रमहरु लगेका कारण मतदाताहरुले मन पराएको आँकलन भइरहेको छ ।

 

Share It

Post Comments
थप विशेष