विशेष मुख्मन्त्रीका दाबेदार एमाले नेता ज्वाला विजयी
Ujyaalo

पुरुषोत्तम गिरी/उज्यालो ।

सल्यान, मंसिर २५ –नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा ६ नम्वर प्रदेशको मुख्यमन्त्रीका प्रमुख दाबेदार प्रकाश ज्वाला प्रदेश सभामा सल्यान ख बाट निर्वाचित हुनुभएको छ । उहाँले ८२०६ मतान्तरले नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मीलाई पराजित गर्नुभएको हो । ज्वालाले १९ हजार ८ सय ३६ मत प्राप्त गर्नुभयो भने नेपाली कांग्रेसका रेग्मीले ११ हजार ६ सय ३० मत प्राप्त गर्नुभयो ।

ज्वाला यस अघि भएका चुनावमा २०५६ सालमा सल्यान क्षेत्र नम्वर १ र २०७० सालमा सल्यान क्षेत्र नम्वर २ बाट विजयी हुनुभएको थियो । तर २०६४ सालको चुनावमा भने उहाँ सल्यान क्षेत्र नम्वर १ बाट पराजित हुनुभयो । २०३९ सालबाट कम्युनिष्ट राजनीतिमा होमिएका ज्वाला २०४६ साल अघि शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो । मुख्यमन्त्रीको दाबेदारी सहित प्रदेश सभा सदस्य चुनिएका ज्वालालाई सल्यानमा एमालेलाई स्थापित गराउने नेताको रुपमा चिनिन्छ ।

दोब्बर मतले हारको ह्याट्रिक तोड्दै प्रदेश सांसद चुनिए शाह

यसैगरी नेकपा एमालेका केन्द्रीय सदस्य गुलावजंग शाह प्रदेशसभामा सल्यान क बाट विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका एकराज डिसीलाई ९ हजार ४६ मतान्तरले पराजित गर्दै शाह विजयी हुनुभएको हो । शाहले १९ हजार ६ सय ५८ मत प्राप्त गर्नुभयो भने कांग्रेसका डिसीले १० हजार ६ सय १२ मत प्राप्त गर्नुभयो ।

 

Share It

Post Comments
थप विशेष