विशेष उदयपुरमा फेरि नारायण खड्का अगाडि, मन्जु चौधरी ३१ मतले पछि
Ujyaalo

उदयपुर, मंसिर २५– उदयपुर क्षेत्र नम्बर १ मा फेरि नेपाली कांग्रेसका नारायण खड्काले अग्रता लिनु भएको छ । यसअघिको परिणामसम्म ७३ मतले अघि रहेकी एमाले नेतृ मन्जु चौधरी अहिले ३१ मतले पछि पर्नु भएको हो ।

पछिल्लो मत परिणाम अनुसार नारायण खड्काको २७ हजार ९ सय ८९ मत छ भने चौधरीको २७ हजार ९ सय ५८ मत छ । यहाँ सुरु देखिनै कडा प्रतिस्पर्धा देखिएको छ ।

Share It

Post Comments
थप विशेष