विशेष कांग्रेस महामन्त्री शशांकले गरे ह्याट्रिक
Ujyaalo

नवलपरासी, मंसिर २५ – नवलपरासी पूर्वमा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला विजयी हुनुभएको छ ।

उहाँले नेकपा माओवादी केन्द्रका भविश्वर पराजुलीलाई ४५२७ मतान्तरले हराउनुभएको हो । कोइरालाले ३७३७३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी पराजुलीले ३२८४६ मत प्राप्त गर्नुभयो ।
यस पल्टको चुनावमा चर्चामा रहेका क्षेत्रमध्ये नवलपरासी पूर्वको १ नम्बर क्षेत्र पनि रहेको थियो ।

२०६४ र २०७० सालमा नवलपरासीबाटै विजयी हुनुभएका कोइरालाको ह्याट्रिक यात्रामा वाम गठबन्धनका उम्मेदवार पराजुलीले चुनौती दिए पनि कांग्रेस महामन्त्री विजयी हुनुभयो ।

कोइराला २०७२ सालमा भएको नेपाली कांग्रेसको महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित हुनुभएको हो । महामन्त्री पदमा उहाँले गगन थापा र अर्जुन नरसिंह केसीलाई पराजित गर्नुभएको थियो ।

Share It

Post Comments
थप विशेष