विशेष चितवनमा राजेन्द्रलाई हराउँदै सुरेन्द्र विजयी
Ujyaalo

चितवन मंसिर २५ –चितवन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डे विजयी हुनुभएको छ ।

कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीलाई १५ हजारभन्दा बढि मतले हराउँदै पाण्डे विजयी हुनुभएको हो । पाण्डेको ५१ हजार ८० मत आउँदा बुर्लाकोटीको ३५ हजार ३ सय ६० मत आएको छ ।

एमालेका पाण्डे यसअघि २०७० सालको चुनावमा पनि चितवन १ बाट विजयी हुनुभएको थियो । २०५६ सालको संसदीय निर्वाचनपछि राष्ट्रिय सभाको सदस्य बनेका पाण्डे २०६४ सालमा संविधानसभामा नेकपा एमालेका तर्फबाट समानुपातिकबाट सभाषद् छानिनुभयो ।

पाण्डे २०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा अर्थमन्त्री हुनुहुन्थ्यो । अध्यक्ष झलनाथ खनाल निकट भनेर चिनिने पाण्डेलाई पार्टीले सहमति र संवादका बेला महत्वपूर्ण भूमिकामा खटाउने गरेको छ ।

Share It

Post Comments
थप विशेष