विशेष समानुपातिकमा विवेकशील चौथो स्थानमा, एमाले र कांग्रेस हाराहारी
Ujyaalo


काठमाडौं, मंसिर २५–प्रतिनिधिसभामा समानुपातिकतर्फ एमाले र नेपाली कांग्रेसले हाराहारीमा मत ल्याएका छन् । पछिल्लो मतपरिणाम अनुसार एमालेको २ लाख ५९ हजार ५ सय ४७ मत आएको छ ।

एमालेभन्दा थोरै पछाडि रहेको कांग्रेसको २ लाख ५४ हजार ५ सय ९ मत छ । तेस्रो स्थानमा रहेको माओवादीको १ लाख २५ हजार २ सय ४९ मत आएको छ ।

संघीय समाजवादी फोरम र राप्रपालाई पछि पार्दै विवेकशील चौथो स्थानमा छ । विवेकशीलको १० हजार ७ सय ७५, संघीय समाजवादी फोरमको १० हजार २ सय ९८ र राप्रपाको १० हजार २ सय १५ मत छ ।

Share It

Post Comments
थप विशेष