विशेष गच्छदारले मतान्तर ५९९ मा झारे 
Ujyaalo

सुनसरी, मंसिर २५– सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले निरन्तर मतान्तर घटाउनु भएको छ । यसअघि २७ सय मतले पछि परेका गच्छदारले एमालेकी भगवती चौधरीसँगको मतान्तर ५९९ मा झार्नु भएको हो ।

पछिल्लो मत परिणाम अनुसार भगवती चौधरीले २६ हजार २ सय १९ मत पाउनु भएको छ । गच्छदारको २५ हजार ६ सय २० मत छ ।

Share It

Post Comments
थप विशेष