विशेष महोत्तरीबाट गिरिराजमणि पोखरेलको ह्याट्रिक
Ujyaalo

काठमाडौं, मंसिर २५ – महोत्तरी क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल विजयी हुनुभएको छ ।

उहाँ २३ हजार ७ सय ७६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धी संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी महतोको १९ हजार ४ सय ९२ मत आएको छ ।

यसअघि २०७० र २०६४ सालको संविधानसभा चुनावमा पनि पोखरेल महोत्तरीबाटै निर्वाचित हुनुभएको थियो ।

पोखरेल गणतन्त्र स्थापना भएपछि बनेको एकीकृत नेकपा माओवादी नेतृत्वको संयुक्त सरकारमा स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । उहाँ २०७२ सालमा शिक्षामन्त्री र २०७४ सालको जेठमा स्वास्थ्यमन्त्री हुनुभयो । पोखरेल पार्टीमा पछिल्लो समयका प्रभावशाली नेता मध्येका एक हुनुहुन्छ ।

Share It

Post Comments
थप विशेष