विशेष उदयपुरमा कडा टक्कर, नारायण खड्का २२९ मतले अगाडि
Ujyaalo

उदयपुर, मंसिर २५– उदयपुर क्षेत्र नम्बर १ मा कडा टक्कर चलिरहेको छ । नेपाली कांग्रेसका नारायण खड्काले २ सय २९ मतको अग्रता लिनु भएको छ ।

७३ मतले अघि रहेकी एमाले नेतृ मन्जु चौधरीको अग्रता उल्ट्याउँदै खड्का ३१ मतले अगाडि हुनुहुन्थ्यो । अहिले त्यसलाई केहि फराकिलो बनाउँदै २ सय २९ मा पु¥याउनु भएको हो ।

पछिल्लो मत परिणाम अनुसार नारायण खड्काको ३० हजार १ सय १६ मत छ भने चौधरीको २९ हजार ८ सय ८७ मत छ । यहाँ सुरु देखिनै कडा प्रतिस्पर्धा देखिएको छ ।

Share It

Post Comments
थप विशेष