विशेष राज किशोर यादवले पूर्व कानुन मन्त्री नायकलाई हराए
Ujyaalo

सिरहा, मंसिर २५ – सिरहा क्षेत्र नम्बर चारबाट राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादव विजयी हुनुभएको छ ।

बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पूर्व कानुन मन्त्री अजयशंकर नायकलाई ३ हजार ५ सय ६९ मतले हराउँदै यादव विजयी हुनुभएको हो । यादवले २१ हजार १ सय ४४ मत पाउनुभयो भने नायकले १७ हजार ५ सय ५७ मत ल्याउनुभयो । प्रतिनिधिसभामा राजपाको यो सातौं जीत हो ।

तेस्रो भएका नेपाली कांग्रेसका मोख्तार अहमदले १० हजार ८८ मत ल्याउनुभयो । राजकिशोर यादव २०७० सालको चुनावमा यसै क्षेत्रबाट नेपाली कांग्रेसका गणेश मण्डलसँग पराजित हुनुभएको थियो ।

Share It

Post Comments
थप विशेष