विशेष कांग्रेसका गच्छदार र खड्कालाई संकटमा पार्दै एमालेका दुई चौधरी
Ujyaalo

काठमाडौं, मंसिर २५– प्रदेश नम्बर १ का २८ मध्य अव ४ वटा निर्वाचन क्षेत्रको मत परिणाम आउन बाँकी छ । संखुवासभामा एमालेका राजेन्द्रप्रसाद गौतम १ हजार ४५ मतले अगाडि हुनुहुन्छ ।

उहाँले २४ हजार १ सय ३५ मत पाउँदा नेपाली कांग्रेसका दिपक खड्काको २३ हजार ९० मत छ ।

सुनसरी २ मा नेपाली कांग्रेसका सिताराम मेहता ३१ हजार ८ सय ४१ मत सहित अगाडि हुनुहुन्छ । माओवादीका डम्मर सुवेदीको २७ हजार २ सय ९ मत छ ।

भगवतीका कारण संकटमा गच्छदार

सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई संकट परेको छ । तर पछिल्लो समय मतान्तर भनेद केहि कम भएको छ । एमालेकी भगवती चौधरी भन्दा गच्छदार ५९९ मतले पछि हुनुहुन्छ । पछिल्लो मत परिणाम अनुसार भगवती चौधरीले २६ हजार २ सय १९ मत पाउनु भएको छ । गच्छदारको २५ हजार ६ सय २० मत छ ।

नारायण खड्कालाई मन्जुको चुनौती

उदयपुर १ मा यसअघि कहिल्यै नहारेका कांग्रेस नेता नारायण खड्का यसपटक भने संकटमा पर्नु भएको छ । मतगणना अन्तिम चरणमा पुग्दा बारम्बर पछि परेका खड्का पछिल्लो मत परिणाममा ३ सय ७९ मतले मात्रै अगाडि हुनुहुन्छ ।

पछिल्लो मत परिणाम अनुसार नारायण खड्काको ३१ हजार ३ सय ५० मत छ भने चौधरीको ३० हजार ९ सय ७३ मत छ । यहाँ सुरु देखिनै कडा प्रतिस्पर्धा देखिएको छ ।

 

Share It

Post Comments
थप विशेष